दफा १८
दर्ता किताबबाट नाम हटाउने

(१) देहायको अवस्थामा बाहेक दर्तावाला फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाइने छैन ः-
(क) मगज बिग्रेमा,
(ख) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,
(ग) तोकिए बमोजिमको व्यवसायिक आचरणको उल्लंघन गरेको अभियोगमा त्यस्तो फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने भनी परिषद्को
बैठकमा पेश भएको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएमा,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा,
(ङ) धोखा वा गल्तीले अयोग्य व्यक्तिको नाम दर्ता हुन गएकोमा ।
(२) उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको आरोपमा कुनै दर्तावाला फर्मासिष्ट वाफार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने प्रस्ताव परिषद्को बैठकमा पेश गर्नु अघि परिषद्ले त्यस्तो व्यक्तिलाई लागेको अभियोगको सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश गर्न एक जाँचबुझ समिति गठन गर्नेछ ।
(३) उपदफा (२) बमोजिम गठन भएको जाँचबुझ समितिले जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।